जनकपुरमा फेरि थपियो कोरोना संक्रमित, नेपालमा २ सय ४९ पुग्यो



Download our app to get more features

काठमाडौं, १ जेठ । नेपालमा थप ३ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि ८ः ३० मा सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु काठमाडौं दहचोकका ७ वर्षका बालक, जनकपुरका १७ वर्षिया किशोरी र धादिङका ३० वर्षिया महिला हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४९ पुगेको छ । 

यसअघि बिहीवार दिउँसोसम्म ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । 

Last modified on 2020-05-14 20:46:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts