व्यवसायी सुनिल रायमाझीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान 



Download our app to get more features

रुपन्देही, १ जेठ । कोरोना भाइरस पोजिटिभ देखिएका बिरामीको उपचार शुरु गरेको भैरहवाको भीम अस्पताललाई युवा व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।
होटल निर्वाणाका अध्यक्ष समेत रहेका रायमाझीले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको प्रयोजनार्थ ५ थान पिपीई, एक हजार थान मास्क, एक थान थर्मलगन र ग्लोब्स प्रदान गरेका हुन् । 

स्वास्थ्य सामाग्री ग्रहण गर्दै अस्पताल सन्चालक समिति सदस्य एवं सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले अस्पतालको सेवालार्इ प्रभावकारी बनाउन रायमाझीले दिएको सहयोग उल्लेखनीय रहेको बताए । ‘यो महामारीविरुद्धको युद्धमा सबैको एकता जरुरी छ । सबैको सहयोगले नै कोरोनालाई जित्न सकिन्छ ।’ नगर प्रमुख अधिकारीले भने ।
प्रदेश कोरोना विशेष अस्पतालको रुपमा सन्चालन भएको भीम अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ सामाजिक उत्तरदायित्व अन्र्तगत आफुले सकेको सहयोग गरेको र भविश्यमा पनि अस्पताललाई आवश्यक परे अरु सहयोग गर्न तयार रहेको ब्यवसायी रायमाझीले बताए । 

कोरोनाका विरामीको उपचारका लागि २८ बेड सन्चालनमा रहेको उक्त अस्पतालमा हाल १९ जना कोरोना पोजिटिभ देखिएका विरामीको उपचार भईरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी गराए ।  यस अस्पतालमा तीन वटा भेन्टिलेटर सहित पाँच बेड आईसीयु छ । अस्पतालमा ३० जना स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts