सरकारले सुदूरपश्चिमका लागि सेनाको स्काई ट्रकमार्फत पठायो स्वास्थ्य सामाग्री

धनगढी, १ जेठ । संघीय सरकारले सुदूरपश्चिमका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पठाएको छ। बिहिबार नेपाली सेनाको स्काई ट्रकमार्फत संघीय सरकारले स्वास्थ्य सामाग्री पठाएको हो।
सरकारले पठाएका सामाग्री भवानी दल गणका गणपती प्रमुख सेनानी विकास केसीले प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले सामाग्री बुझेकाले के–के पठाईएको छ भन्ने हेर्न बाँकी रहेको बताए।