नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो



Download our app to get more features

चितवन, १ जेठ । चितवनको भरतपुर कोरोना अस्पतालमा एक जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नवलपुर देवचुली १२ का ४९ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताएका छन् ।

उनका अनुसार ती व्यक्ति भारतको कोलकोत्ताबाट लुकुछिपि रक्सौल हुँदै वैशाख ३१ गते भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

हाल उनलाई साेही अस्पतालमा उपचारका लागि आइसोलेसन वार्डमा राखिएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार भरतपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

बिहीबार बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो। कुल संक्रमित मध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । 

Last modified on 2020-05-14 14:55:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts