स्वास्थ्य मन्त्रालयको त्रुटिः नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५



Download our app to get more features

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहानै सार्वजनिक गरेको कोरोना भाइरस सम्बन्धीको दोस्रो तथ्यांक गलत रहेको मन्त्रालयले जनाएको छ ।

आज बिहान कोरोना भाइरस संक्रमितको अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४५ र सय २ सय ५० पुग्यो भन्दै करिब डेढ घन्टाको अन्तरालमा सार्वजनिक गरेकोमा दोस्रो तथ्यांक गलत रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । 

उनले आजको दोस्रो तथ्यांक मंगलवार राति नै सार्वजनिक गरिएको तथ्यांक रहेको र प्राविधिक त्रुटिका कारण दोहोरिएर प्रकाशित हुन पुगेको हाम्रो डाक्टर न्यूजलाई बताएका छन् । 

उनले आजको तथ्यांक प्राविधिक त्रुटिका कारण गतल भएको र नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ रहेको उल्लेख गरे । 
 

Last modified on 2020-05-14 10:02:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts