पर्सामा फेरि थपिए ३ जना कोरोना संक्रमित, नवलपरासीमा पनि देखियो



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ : ५० मा गरेको अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमितको संख्या २ सय ४३ पुगेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बुधवार गरिएको परीक्षणमा थप नयाँ २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षका पुरुषहरु, ४, १०, २८ वर्षीया महिलाहरु, कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षका पुरुषहरु, पर्साका ३६, ७४ वर्षका पुरुषहरु र ३६ वर्षीया एक जना महिला, नवलपरासीका ३६ वर्षका परुष रहेका छन् ।

Last modified on 2020-05-13 20:57:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts