सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, ६ घाइते

रुपन्देही, ३१ वैशाख । बाँकेको कोहलपुर–१२ को रोणेणी खोला नजिकै सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । नेपालगंञ्ज मेडिकल कलेज कोहलपुरबाट सुत्केरी बोकेर गएको एम्बुलेन्स दुर्घटनामा तीन दिनको शिशु, सुत्केरी, सवारीधनी र ड्राइभरलगायत सुत्केरीका आफन्त घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ । ६ जनाको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरुको नाम ठेगाना भने खुलाइएको छैन ।।