बिरामीको चाप बढेसँगै बुटवलको कोरोना अस्पतालमा दुई सय बेड थपिदै



Download our app to get more features

रुपन्देही, ३१ वैशाख । बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई सय बेड थपिने भएको छ । प्रदेश सरकारले बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पताललाई बिस्तार गर्ने निर्णय गरेको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल मातहतमा रहेको यस अस्पताललाई बिस्तार गरी दुई सय बेड थप्ने निर्णय गरिएको अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराइले वताए । यस अस्पतालमा हाल ३६ सामान्य बेड र आइसियुमा आठ बेड मात्र छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमितहरू बढदै जाँदा बिरामीको चापलाई मध्यनजर गरी बेड थपको गर्ने निर्णय गरेको हो । अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा बैठक बसेको थियो । 

पछिल्लो तीन दिनमा रुपन्देही र कपिलबस्तुमा संक्रमित बढेपछि उनीहरुको उपचारका लागि अस्पताललाई बिस्तार गर्न थालिएको हो । अहिले बुटवलको कोरोना अस्थायी अस्पतालमा रुपन्देही र कपिलवस्तुका २८ संक्रमित उपचाररत छन् । भैरहवामा भीम अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राख्न २२ वटा आइसोलेसन बेड रहेको छ । थप पाँच वटा आइसियु छ । लुम्बिनीमा फेला परेका नौ संक्रमितलाई भीम अस्पतालमा उपचार थालिएको छ । बुटवलको कोरोना अस्थायी अस्पतालमामा उपचाररत कोटहिमाईका एक युवा निको भएर घर र्फर्केका छन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts