नेपालगन्ज र कपिलवस्तुमा थपिए कोरोना संक्रमित, कुल २१९ पुगे

काठमाडौं, ३१ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार बाँके जिल्ला नेपालगन्ज उपमहानगरापालिका–८ का ३६ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको हो ।
धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नेपालगन्जका पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कपिलवस्तुका युवामा संक्रमण देखिएको हो ।
Last modified on 2020-05-13 14:15:50