बाजुरामा १७ महिने बालकमा कालाजार, अवस्था गम्भीर



Download our app to get more features

बाजुरा, ३१ वैशाख । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर पाँच गोत्रिका एक बालकलाई कालाजार देखिएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएको जगन्नाथ गाउँपालिका गोत्रिका १७ महिने बालक देविन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा. राजुराज जोशीले जानकारी दिए । 

करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मंगलवार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए । बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ । 

बालकको अवस्था चिन्ताजनक भएकाले आईसीयूमा राखेर उपचार गर्नुपर्ने हँुदा तीनलाई धनगढी रेफर गरिएको डा. जोशीले बताए । 

कोल्टी क्षेत्रमा कालाजारका अन्य पनि बिरामी हुन सक्ने सम्भावना भएकाले समयमै यो रोग नियन्त्रणका लागि गाँउगाँउमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts