अपडेट

अमेरिकामा तत्काल लकडाउन खोलिए दोस्रो चरणको संक्रमण फैलिने विज्ञको चेतावनी



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथों चरणको बन्दाबन्दीको घोषणा गर्ने तयारी गरेका छन् । मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चौथों चरणको बन्दाबन्दी १८ मे देखि लागू गरिने बताए । उनले चौथों चरणको बन्दाबन्दीको स्वरुपको बारेमा १७ मेमा जानकारी दिइने भन्दै कोरोना प्रभावितका लागि २ सय लाख करोड रुपैयाँको राहत प्याकेजको पनि घोषणा गरे । दक्षिणपूर्वी एसियाली मुलुक भारत पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । हालसम्म भारतमा कोरोना भाइरसका कारण ७० हजारभन्दा बढी संक्रमित भएका छन् भने २२ सयभन्दा बढीको मृत्यु भएको छ ।

फ्रान्स विश्वकै चौथों कोरोना भाइरसका कारण प्रभावित मुलुक बनेको छ । फ्रान्समा पछिल्लो २४ घन्टामा ३ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार ९९१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेमा फ्रान्स स्पेनभन्दा अघि छ । फ्रान्समा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या भने एक लाख ७७ हजारभन्दा बढी छ । सबैभन्दा बढी अमेरिका, त्यसपछि बेलायत र तेस्रोमा इटलीमा कोरोनाका कारण सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । 

रूसमा लगातार दशौं दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजारले बढेको छ । योसँगै कोरोना भाइरसका कारण संक्रमित हुनेमा रुस विश्वकै दोस्रो मुलुक बनेको छ । रुसमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई लाख ३२ हजार नाघेको छ । रूसमा कोरोना भाइरसका कारण हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ । 

यसैबीच, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवार उनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बेलायतमा कोरोना भाइरसका कारण मंगलवार ६ सय २७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार ६ सय ९२ पुगेको छ । बेलायत युरोपको पहलिो र विश्वको दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ । 

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोल्ने विषयलाई लिएर चेतावनवी दिएका छन् ।

उनले यदिन देशमा लकडाउन हटाउनेमा हतार गरियो भने कोरोना भाइरसको संक्रमण अझ तीव्र गतिमा फैलिने चेतावनी दिएका हुन् । 

मंगलवार उनले अमेरिकी सीनेटसँगको भिडियो कन्फ्रेन्सको क्रममा अमेरिकाको विभिन्न लकडाउनमा छुट दिइएको र ती राज्यमा कोरोना संत्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको बताए । डा. फाउचीले कोरोनाको संक्रमण यसरी फैलिन्छ की त्यसलाई नियन्त्रण गर्नै मुस्किल हुने र त्यो अवस्थामा अर्थतन्त्रलाई झन् बढी समस्या पार्नेभन्दै चेतावनवी दिए । 
 
आउने सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण दोहोरिएर बढ्न सक्ने भन्दै उनले कोरोनाको दोस्रो चरणको खतरा उत्पन्न हुने भएकाले त्यसलाई रोक्न समयमै सचेत हुनु पर्ने औल्याए । डा. फाउचीले कोरोनाका लागि खोप तयार गर्ने प्रयास भइरहेको भएपनि त्यो खोप उपयोगी नै हुन्छ भन्नेमा कुनै ग्यारेन्टी नभएकाले पनि सचेत हुन आग्रह गरे ।
 
अमेरिकामा हालसम्म कोरोनाका कारण ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने डा.फाउचीको बयानबाट फरक मत राख्छन् । उनले अर्थव्यवस्थालाई सुधार्नका लागि लकडाउन खोल्ने र त्यसका लागि निर्देशिका पनि तयार पारिसकेका छन् ।
 
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८९ हजार नाघेको छ । कोरोनाका कारण संक्रमित भएकामध्ये १५ लाख ९६ हजारभन्दा बढी स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts