फेरि थपिए २६ जना नयाँ कोरोना संक्रमित,प्रदेश २ मा एकैदिन ६३ जना संक्रमित

काठमाडौं, ३० वैशाख । फेरि २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राति १०ः१५ बजेको अद्यावधिक विवरण अनुसार काठमाडौं, पर्सा, धनुषा, भक्तपुर महोत्तरी, सर्लाहीमा गरि २६ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।
नयाँ संक्रमितमा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षका महिलाहरु छन् भने १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षका महिलाहरु छन् । पर्सामा एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै धनुषामापनि पहिलोपटक कोरोना भाइरसका संक्रमित फेला परेका छन् । उनीहरु ४० वर्षका पुरुष र एक जना २० वर्षका महिला छन् । यस्तै महोत्तरीका १६ र ३५ वर्षका दुई जना पुरुषहरु छन् भने सर्लाहीका ४५ वर्षका एक जना पुरुष रहेका छन् ।
यस्तै काठमाडौंमा एक जना ३३ वर्षीया महिला, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेपालमा हालसम्मकै धेरै संख्यामा मंगलवार कोरोना भाइरसका संक्रमित फेला परेका छन् । जसमा सबैभन्दा धेरै प्रदेश २ र त्यसमा पनि पर्सा जिल्लामा एकैदिन ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।