रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज



Download our app to get more features

रुपन्देही, ३० वैशाख । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकलाई आस्पतालबाट डिस्चार्ज गरिएको छ ।

लगातार दुईपटक शुक्रवार र सोमवारको रिर्पोट नेगेटिभ आएपछि उनलाई मंगलवार डिस्चार्ज गरिएको  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनी गत वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । 

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले उनलाई २ पटक सम्म टेष्ट गर्दा नेगेटिभ आएकोले डिस्र्चाज गरिएको बताए ।

तीनी रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षका युवक हुन् । उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

Last modified on 2020-05-13 13:58:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts