पर्सामा कोरोनाको जोखिम बढेपछि स्थानीय ऐन अनुसार सेना परिचालन गर्ने तयारी



Download our app to get more features

काठमाडौं, ३० वैशाख । पर्सामा एकैदिन ३९ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि जोखिम नियन्त्रण गर्ने उदेश्यले सेना परिचालन गर्ने तयारी गरिएको छ ।

पर्सामा कोरोनाको जोखिम उच्च भएपछि सेना परिचालन गर्ने तयारी गरिएको पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताएका छन् ।

उनले स्थानीय ऐन २०२८ को दफा ६ को उपदफा २ अनुसार कोभिड–१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न सेना परिचालन गरिने बताए ।

यस्तै भारतीय सीमाबाट लुकिछिपि मानिसहरु नेपाल भित्रिन थालेकाले कोरोना भाइरसका संक्रमितपनि बढ्न थालेकाले अन्य जिल्लाबाट मानिसको आवतजावत जेठ ५ गतेसम्मका लागि बन्द गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सवारीसाधनमा रोक लगाएको छ । साथै पर्सा जिल्लामा निषेधाज्ञापनि जारी गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले वैशाख ३० गते राति ८ बजेदेखि जेठ ५ गतेसम्म लागूहुने गरि पर्सा जिल्लाभरि निषेधाज्ञा जारी गरिएको भन्दै निर्णय उल्लघंन गर्नेलाई बल प्रयोग गर्ने बताए ।

यसैबीच बारामा थप एक जनामा कोरोना संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको छ ।

Last modified on 2020-05-12 21:24:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts