नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० वैशाख । नेपालमा सर्वसाधारण नागरिक मात्रै होइन स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको एक जना स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तु नगरपालिका वडा नं १ को २५ वर्षीया यूवतीमा कोरोना संक्रमण पुष्टि भएको भनिएको र तीनि तौलिहवाकी स्टार्फ नर्स भएको बताइएको छ ।
उनी सहित मंगलवार पुष्टि भएका कोरोना संक्रमितलाई थप उपचारका लागि बुटवल पठाउने तयारी भएको छ ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । जसमा १ सय ५८ जना पुरुष र ३३ जना महिला छन् । संक्रमितको दरमा झन्डै १७ दशमलव २७ प्रतिशत महिला छन् भने ८२ दशमलव ७३ प्रतिशत पुरुष रहेका छन् ।