नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकै दिनमा फेला, संक्रमितको संख्या २ सय नजिक



Download our app to get more features

काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन ५७ जना जना कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एकै दिन ५७ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । 

संक्रमितहरु कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका एक जना छन् । 

नेपालमा एकैदिन यतिधेरै संख्यामा कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
 

Last modified on 2020-05-13 13:59:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts