दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २९ वैशाख । सर्वोच्च अदालतले दादुरा रुबेला खोप अभियानलाई सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले दादुरा रुबेला खोप अभियान सञ्चालन नहुँदा त्यसले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै अभियान सञ्चालन गर्न आदेश जारी गरेको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० मा राष्ट्रि दादुरा खोप अभियान चैत मसान्तसम्म स्थगन गरेको भन्ने विज्ञप्ति प्रकरणमा सर्वोच्चले सोमवार सुनुवाई गर्दै अभियानलाई सुरक्षितसाथ सञ्चालन गर्न आदेश दिएको हो ।
Last modified on 2020-05-11 20:26:40