फेरि थपिए ३ जिल्लामा १३ जना कोरोना भाइरस संक्रमित



Download our app to get more features

काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कपिलवस्तुको यशोधरा, बुद्धभूमि नगरपालिका, बर्दिया र रुपन्देहीका १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमवार बिहानै कपिलवस्तुको दुवै पालिकामा गरि १० जनामा कोरोना पुष्टि भएको थियो । 

अघि साँझ ७ः २० मा मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कपिलवस्तुकै यशोधरा गाउँपालिका, बुद्धभूमि नगरपालिका, रुपन्देहीको लुम्बिनि सांस्कृतिक गाउँपालिका र समरिमाई गाउँपालिका तथा बर्दियाको राजापुरका १३ जनामा कोरोना पुष्टि भएको हो । 

राष्ट्रि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


संक्रमितहरु क्रमशः १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरु छन् भने २४, २६, २७, ३०, ३२ र ४० वर्षका महिलाहरु रहेका छन् ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।

Last modified on 2020-05-11 19:44:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts