चीनले नेपाल सरकारलाई दियो ४० हजार थान पिसिआर किट

काठमाडौं, २९ वैशाख । चीनले नेपाल सारकारलाई कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षणमा आवश्यक ४० हजार थान पिसिआर टेष्ट किटसहितसहित विभिन्न स्वास्थ्य सामग्री दिएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सो सामाग्री हस्तान्तरण गरेकी हुन् ।
चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन९५ मास्क २० हजार थान, सर्जिकल मास्क आठ लाख थान दिएको छ ।
सो अवसरमा मन्त्री ढकालले कोरोना भाइरस रोकथाम र उपचारका लागि चीनले उपलब्ध गराएको सामाग्री निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।