बाराका दुई जना कोरोना संक्रमितको सम्पर्कमा आएका ७८ जनामा कोरोना पाइएन



Download our app to get more features

बारा, २९ वैशाख । बाराका दुई जना कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका ७८ जनाको रिपोर्टमा कोरोना नभएको पाइएको छ । 

गत वैशाख १७ गते कोरोना संक्रमण पुष्टी भएका बाराका दुई जना पुरुषको सम्पर्कमा आएका ७९ जनामा गरिएको परीक्षणमा कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । 

नमूना संकलन गरिएकामध्ये एक जनाको स्वाब संकलनमा त्रुटि भएपछि उनको पुनः स्वाब संकलन गरेर पठाइएको र नतिजा आउन बाँकी रहेको छ । 

पहिलो चरणमा गत वैशाख २० गते संक्रमितको परिवारका सदस्यलगायत दैनिक सम्पर्कमा रहने सात जनाको कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको थियो भने दोस्रो चरणमा ७१ जनाको परिक्षण गरिएको हो । 

कोरोना संक्रमित जीतपुरका ४३ वर्षका पुरुष र सिम्रौनगढ घर भई इनर्वासिरामा बस्दै आएका मदर्साका मौलानाको सम्पर्कमा आएका ७९ जनाको पहिचान गरी स्वाब संकलन गरिएको थियो । 

सम्पर्कमा आएकाहरुमध्ये परिवारका सदस्यसहित ६ जनालाई सिमरास्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा र एक जनालाई वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको भने बाँकी ७२ जना होम क्वारेन्टाईनमा बस्दै आएको छन् 

Last modified on 2020-05-11 11:28:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts