कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना पुष्टि, संक्रमित सबै पुरुष

काठमाडौं, २९ वैशाख । नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् । संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २० वर्षका २ जना, २४, ३०, ३१ र दुई जना ३४ वर्ष उमेरका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
Last modified on 2020-05-11 10:13:23