सबै स्वास्थ्य संस्थामा ओपीडी सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, २८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न आदेश निर्देशन दिएको छ ।

कोरोना महामारीको जोखिमलाई लिएर सरकारले देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको भन्दै मन्त्रालयले ओपीडी सेवा सुचारु गर्न भनेको छ ।

स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा ओपीडी सेवा सुचारु गर्दा प्रत्येक अस्पतालले कोरोनाको जोखिमलाई ध्यानमा राखी   सरकारले तोकेको संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नु पर्ने बताएका छन् ।

Last modified on 2020-05-10 21:46:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts