ज्ञवालीलाई प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेपछि गोदानको आपत्ति



Download our app to get more features

काठमाडौं, २८ वैशाख । सरकारी चिकित्सक संघ (गोदान) ले शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएकोमा आपत्ति जनाएको छ ।

गोदानले आइतवार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश २०६८ मा भएको व्यवस्था विपरित केन्द्रको निर्देशकमा डा.ज्ञवालीलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएको हो ।

सिमित सेवा सुविधाकाबीच देशका सबै भागमा हर बखत सरकारी चिकित्सकहरुलाई विगतमा स्वायत्तताका नाममा सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउँदै गलहत्याईएका उदाहरणहरु र सरकारी स्वास्थ्य प्रतिष्ठानहरुमा उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्दा नियम मिचेर सरकारका चिकित्सक ईतरबाट हुने गरेको घटनाबाट पहिले नै सरकारी चिक्तिसकको मनोबल कमजोर बनाउँदै आएको सरकारले फेरि नियम विपरित प्रत्यारोपण केन्द्रमा नियुक्त गरेकोले त्यो निर्णय तत्काल सच्याउन माग गोदानको विज्ञप्तिमा गरिएको छ ।


 

Last modified on 2020-05-10 19:54:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts