सुदूरपश्चिममा २४ घण्टामा ३१ जनाको मात्रै कोरोना परीक्षण

धनगढी, २८ वैशाख । सुदूरपश्चिम प्रदेशमा संघीय सरकारले किट पठाएपनि कोरोना भाईरसको परीक्षणले तीव्रता पाउन सकेको छैन् ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थापना गरिएको प्रयोगशालामा मौज्दात आरएनए एक्स्ट्राक्स किट सकिएपछि संघीय सरकारले पठाएको भएपनि परीक्षणले तीव्रता पाउन सकेको छैन ।
पछिल्लो २४ घण्टामा धनगढी स्थित पशुपन्छी अन्वेषण केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा ३१ जनाको नमूना मात्र परीक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आरडी–पीसीआर विधिबाट परीक्षण गरिएका ३१ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन एक जनाको मात्र थ्रोट स्वाबको नमूना संकलन भएको छ भने यसअघि नमूना संकलन थ्रोट स्वाबको नमूना संकलन गरिएका २५ जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । यस्तै स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५८ जनाको ¥यापिड टेस्ट गरिएको छ ।
आइतवार परीक्षण गरिएका कसैमा पनि एन्टिबडी नदेखिएको स्वास्थ्य निर्देशनालयको दावी छ । अहिले सम्म सुदूरपश्चिममा पीसीआर विधीबाट दुई हजार नौँ सय ५७ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये पाँच जनामा संक्रमण देखिएकोमा अहिले सबै कोरोनालाई जितेर घर फर्किसका छन् ।
धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत अहिले सम्म छ सय ४१ जनाको परीक्षण भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत सुदूरपश्चिम प्रदेशका दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ । सुदूरपश्चिम प्रदेशमा १५ हजार ५८ जनाको ¥यापिड टेस्ट पनि गरिएको छ । यस्तै आइतवारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाको आशंकामा आईसोलेसनमा भर्ना गरिएका एक सय २९ जनालाई डिस्चार्ज गरिएको छ । प्रदेशका नौँ वटै जिल्लामा तीन हजार तीन सय १ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।