एक हजार थान किट पुगेपछि रुपन्देहीमा आजदेखि कोरोना परीक्षण सुरु हुँदै



Download our app to get more features

रुपन्देही, २८ वैशाख । रुपन्देहीको अञ्चलपुरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोशालामा कोरोना परीक्षण सुरु हुने भएको छ ।

कोरोना परीक्षणका लागि एक हजार थान ‘आरएनए एक्स्ट्रयाक्सन’ किट पुगेपछि कोरोना परीक्षण सुरु हुने भएको हो । किटको अभाव भएपछि प्रदेश प्रयोगशालामा वैशाख २३ गतेदेखि कोरोनाको पिसिआर परीक्षण रोकिएको थियो । किट सकिएको १ सातापछि एक हजार किट आएको छ । आजदेखि परीक्षण सुचारु हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

किट आएसँगै पिसिआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाब संकलन गरिएको छ । रुपन्देहीका ६ पालिकामा रहेका क्वारेन्टाइनमा रहेकाहरुको शनिवार स्वाब संकलन गरिएको छ ।

सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्बिनी सास्कृतिकबाट ६२, कोटहीमाईबाट २६, रोहिणीबाट १५ र ओमसतियाबाट १७ जनाको स्वाब संलकन भएको हो । उनीहरु सबै भारतबाट आएका रुपन्देहीबासी हुन् । संकलन भएको स्वाब मध्ये १ सय ७४ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । १७ जनाको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशालामा हुनेछ । 

आज पनि स्वाबको नमुना संकलन गरिनेछ । बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका ५ जना र रुपन्देहीका १ जना गरी ६ जनाको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts