उदयपुरको भुल्केमा फेरि एक जनामा कोरोना पुष्टि
यस्तो छ विश्वका केही गतिविधि

काठमाडौं, २८ वैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उदयपुर भुल्केका ४३ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
चीनका एक वरिष्ठ अधिकारीले चीनको सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर भएको बयान दिएका छन् ।
कोरोना भाइरस चीनबाट सुरु भएर अहिले विश्भवर फैलिएको अवस्थामा चीनमा भने कोरोना भाइरसको स्थिति अन्य देशको तुलनामा सामान्य बनेको भएपनि चीनको र्साजनिक स्वास्थ्य प्रणाली कमजारे भएकै कारण कोरोना भाइरस विश्वभर फैलिएको ती अधिकारीले दावी गरेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक ली बिनले चीनको स्वास्थ्य प्रणालीलाई लिएर आफ्नो बयान सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन्, ‘अब देश रोगबाट लड्न, आफ्नो सार्वजनिक स्वास्थ्य प्रणालीलाई राम्रो बनाउन र तथ्यांक संकलनको कामलाई राम्रो बनाउने काम गर्छ ।’
लीले चीन सरकारका लागि कोरोना भाइरस महामारी ठूलो चुनौती थियो भन्दै यसले महामारीको बेला स्वास्थ्य प्रणालीको कमजÞोरिलाई उजागर गर्ने काम गर्ने बताएका छन् ।
चीनमाथि विभिन्न मुलुकले आरोप लगाउँदै आएका छन् की चीनले सुरुवाति क्रममै भाइरसलाई नियन्त्रण गरेको भएर यसले महामारीको रुप लिने थिएन ।
कोरोना महमारीका कारण विश्वकै पाँचौ प्रभावित मुलुक फ्रान्समा कोरोनाका कारण २ लाखभन्दा बढी संक्रमित भएका छन् । फ्रान्स सरकारका अनुसार कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ ।
यसैबीच फ्रन्स सरकारले विस्तारै मुलुकमा लगाएको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ । विस्तारै संक्रमितको दरमा कमी आएको भन्दै फ्रान्स सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ८० जनाको मृत्यु भएको छ जुन पछिल्लो महिनाको तुलनामा निकै कम छ । त्यस बाहेक आईसीयूमा रहेका बिरामीको संख्यामा पनि कमी आएको फ्रान्स सरकारले जनाएको छ । भोलीदेखि फ्रान्समा लकडाउनमा छुट दिइने तयारी गरिएको छ । जसमा केहि विद्यालय खोलिने, मानिसहरुलाई निश्चित दूरीसम्म घुमफिर गर्न दिइने लगायतका रहेका छन् ।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजÞले लकडाउनमा छुट दिइएपनि सावधानी अपनाउन आग्रह गरेका छन् । भोलीदेखि स्पेनमा जारी लकडाउनको प्रतिबन्धमा चरणबद्ध रुपले छुट दिइने तयारी गरिएको छ । जसमा रेस्टुरन्ट, बार, गैर आवश्यक सामानका पसलहरु र कम्तिमा दश जना जम्मा हुन सक्ने अनुमति दिइनेछ । लकडाउनलाई चरणबद्ध रुपले हटाउने तयारी भएपनि सावधानी भने अपनाउन आग्रह गरिएको छ । स्पेनमा कोरोना भाइरसका कारण २ लाख २२ हजारभन्दा बढी संक्रमित भएका छन् भने २६ हजारको हाराहारीमा मानिसहरुको मृत्यु भएको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकी सरकारले अपनाएको रणनीतिको आलोचना गरेका छन् ।
उनले अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पले महामारीसँग लड्नका लागि बनाएको रणनीति अराजक रहेको भन्दै कडा आलोचना गरेका हुन् । सीएनएन समाचार संस्थाका अनुसार ओबामाले कोरोना भाइरसको प्रभाव अमेरिकामा हुने राष्ट्पति चुनावलाई प्रभावित पार्ने निश्चित भएपनि वर्तमान सरकारले त्यसमा कुनै ठोस निर्णय नलिएको र मानिसहरुको स्वास्थ्यको पनि ख्याल नगरेको आरोप लगाएका छन् ।
कोरोना भाइरसका कारण विश्वकै दोस्रो प्रभावित मुलुक बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ३ सय ४६ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३१ हजार ५ सय ८७ पुगेको छ । यस्तै कोरोनाका कारण बेलायतमा संक्तमितको संख्या २ लाख नाघेको छ ।
ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो समय ब्राजिलमा कोरोनाका कारण संक्रमित हुने र मृत्यु हुने दर निरन्तर बढ्दै गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ब्राजिलमा कोरोना भाइरसका कारण १ लाख ५५ हजारभन्दा बढी संक्रमित भएका छन् भने १० हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
ंपछिल्लो समय कोरोनाको केन्द्रबिन्दु बनेको दक्षिणपूर्वी एसियाली मुलुक भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६० हजार नाघेको छ । सुरुको एक महिना अर्थात्् मार्चमा भारतमा कोरोना संक्रमितको संख्या सामान्य रुपले बढेपछि मे महिनामा दिनकै २ हजारको दरले बढ्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । यसैबीच भारतमा एक जना डाक्टरको मृत्यु भएको छ । कोरोना विरुद्ध बनाएको औषधि आफैमाथि परीक्षण गर्दा भारतको चेन्नईका एक जना आयुर्वेद डाक्टरको मृत्यु भएको हो ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । यस्तै संक्रमित भएकामध्ये झन्डै १४ लाख ४१ लाखभन्दा बढी स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघेको छ ।