कोरोना संक्रमित क्षेत्रमा नमूना संकलनका लागि मन्त्रालयले खटायो टोलि



Download our app to get more features

काठमाडौं, २७ वैशाख । पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु बनेको स्थानमामा सरकारले कोरोना परीक्षणलाई तीव्रता दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङ्को क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोनाको केन्द्रबिन्दु बनेको बाँके, पर्सा, रौतहट, बारा, उदयपुर, कपिलवस्तु लगायतका जिल्लामा कोरोना परीक्षणको दायरा बढाउने बताए ।

उनले अबको केही दिनमै झन्डै ३ हजारभन्दा बढी नमूना संकलन गरेर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने जानकारी दिँदै सम्बन्धीत क्षेत्रमा टोली परिचालन भइसकेको बताए ।

डा. देवकोटाले हालसम्म विभिन्न स्थानमा गरि ४ सय ५० भन्दा बढी नमूना संकलनको काम सकिएकोपनि जानकारी गराए । 

यस्तै, सरकारले कोरोना परीक्षणका लागि पर्याप्त परीक्षण किट उपलब्ध रहेको दावी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० हजार पिसिआर किट मौज्दात रहेको अन्य किट आउने तयारीमा रहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म १६ हजार तीन सय नौ जनाको पिसिआर परीक्षण भएकोमा शनिवार सात जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या एक सय नौ पुगेको पनि बताए । 

सङ्क्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेको र बाँकी उपचारार्थ ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ७८ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

Last modified on 2020-05-09 18:51:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts