डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा करूणाकर ओझा



Download our app to get more features

डडेल्धुरा, २७ वैशाख । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा करूणाकर ओझा नियुक्त भएका छन् । 

ओझालाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेको छ । 

मन्त्रीस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र शुक्रबार मात्रै अस्पतालमा पुगेको अस्पतालका मेसु जगदिश विष्टले जानकारी दिए ।

डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो । 

करुणाकर ओझा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराका सचिवालय सदस्य तथा अमरगढी नगरपालिका इन्चार्ज समेत हुन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts