बैतडीमा भेटिए स्क्रब टाइफस र औंलोका बिरामी

बैतडी, २७ वैशाख । बैतडीमा स्क्रब टाइफस र औंलोका बिरामी फेला परेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका– ६ का ४८ वर्षीय पुरुषमा स्क्रब टाइफस भेटिएको हो । अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टी भएको हो ।
त्यस्तै शिवनाथ गाउँपालिका– २ की ६ वर्षीया बालिकामा औंलोरोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
Last modified on 2020-05-10 14:47:17