चितवनकी कोरोना संक्रमित ६३ वर्षीया महिलाको पाँचौं रिपोर्टमा पनि कोरोना देखियो



Download our app to get more features

चितवन २७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमित चितवनकी ६३ वर्षीया महिलाको पाँचौं परीक्षणमा पनि कोरोना देखिएको छ ।

पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी ती महिलाको कोरोना परीक्षण गर्दा शनिबार प्राप्त पिसिआर रिपोर्टमा पनि कोरोना देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको समेत गरेर यो उनको पाँचौं रिपोर्ट हो ।

यसअघि वैशाख ११ गते भरतपुर कोभिड १९ प्रयोगशाला, १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र २१ गते हेटौंडामा गरि तिन पटक पिसिआर प्रविधिबाट स्वाब पुनः परीक्षण गर्दा पनि तिनवटै रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको छ । कोरोना पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

महिलाको वैशाख ३ गते गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमाछोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनीहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए ।

नेपालमा कोरोना संक्रमण देखिए पनि यसले खासै असर भने दखिएको छैन । यद्यपि चिकित्सकहरूले यसलाई सामान्य रूपमा नलिन सुझायका छन् । सबैमा उच्च सतर्कता अपनाउन उनीहरूले अनुरोध समेत गरेका छन् ।

Last modified on 2020-05-10 14:48:17

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts