३ सय ८४ किट धनगढी पुग्यो, आजदेखि पुनः कोरोना परीक्षण हुने



Download our app to get more features

धनगढी, २७ वैशाख । किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा रोकिएको कारोना परीक्षण आजदेखि फेरी सुरु हुने भएको छ । संघीय सरकारले किट पठाएपछि आजदेखि पुनः कोरोना परीक्षण सुरु हुने भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकारले पठाएको तीन सय ८४ वटा आरएनए एक्सट्र्याक्सन किट शुक्रवार राती धनगढी आइ पुगेको हो ।

संघस्य सरकारले पठाएको किट स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले पाईसकेको बताउँदै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले रोकिएको कोरोना परीक्षण आजदेखि पुरु हुने बताए ।  

उनले पीसीआर किटको मौज्दाता रहेको र आरएनए एक्सट्र्याक्सन किट संघीय सरकारले पठाएसँगै अब परीक्षणमा कुनै समस्या नआउने बताए ।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिनमार्फत् हुने कोरोना परीक्षण किट अभावका कारण रोकिएको थियो ।

परीक्षण रोकिएपछि विभिन्न जिल्लाबाट शंकास्पद ५० बढीको थ्रोट स्वाबको नमूना संकलन गरी प्रयोगशालामा पठाईएकोमा थन्काईएको थियो । किट पाएपछि परीक्षणलाई तीव्रता दिने प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले बताए ।

प्रयोगशाला स्थापना भएकै दिनदेखि किट र नमूना पर्याप्त नहुँदा क्षमता अनुसार परीक्षण हुन सकेको छैन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशका दुई हजार नौँ सय २३ जनाको कोरोना परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये पाँच जनामा संक्रमण देखिएकोमा अहिले सबै कोरोनालाई जितेर घर फर्किसको छन् ।

धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत अहिले सम्म छ सय सात जनाको परीक्षण भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत सुदूरपश्चिम प्रदेशका दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। सुदूरपश्चिम प्रदेशमा १४ हजार छ सय ९१ जनाको ¥यापिड टेस्ट पनि गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts