शहिद राष्ट्रिय धर्मभक्त प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.ज्ञवाली

काठमाडौं, २७ वैशाख । शहिद राष्ट्रिय धर्मभक्त प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नियुक्त भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजी विभागका प्रमुख डा.ज्ञवालीलाई ४ वर्षका लागि सरकारले प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीमा पनि थिए ।
यसअघि केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि डा.ज्ञवालीलाई नियुक्त गरिएको हो ।
Last modified on 2020-05-09 08:35:16