सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई सांसद पाण्डेद्वारा ४० थान पीपीई प्रदान



Download our app to get more features

रुपन्देही, २६ वैशाख । रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेले सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान गरेका छन् । 

कोरोना भाइरस विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गरिरहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई सांसद पाण्डेले ४० थान पीपीई उपलब्ध गराएका हुन् ।

उनले सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गणका हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेललाई २० थान र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेम कुमार थापालाई २० थान पीपीई हस्तान्तरण गरेका हुन् ।

पीपीई हस्तान्तरण गर्दै प्रदेशसभा सांसद पाण्डेयले सुरक्षा निकायको अथक प्रयासले सीमा क्षेत्रको सुरक्षा अवस्था राम्रो रहेको बताए । उनले आफु जनप्रतिनिधिको नाताले सशस्त्र प्रहरी र नेपाली प्रहरीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताले पीपीई सेट उपलब्ध गराएको बताए । 

जनता समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेले भने, “यस्तो सहयोगले सुरक्षा निकायको मनोबल उच्च हुने र उहाँहरुलाई उर्जावान बनाउँछ, आगामी दिनमा पनि कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन तयार छु ।” 

यसअघि सांसद पाण्डेकै अगुवाइमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई १० थान पीपीई उपलब्ध गराइएको समाजवादी पार्टी सिद्धार्थनगर समितिका इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.) गुप्ताले बताए ।

Last modified on 2020-05-08 19:48:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts