सेती अस्पतालका सबै कोरोना संक्रमित स्वस्थ भएर फर्किए



Download our app to get more features

धनगढी, २६ वैशाख । धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

लगातार दुई पटकसम्म उनको रिपोर्टमा कोरोना नभएको भेटिएपछि उनलाई शुक्रवार अस्पतालबाट डिस्चार्ज गरिएको हो । 

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा.हेमराज पाठकले बताए ।

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि नै डिस्चार्ज भईसकेका छन् ।

उनी फर्किएसँगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर फर्किसकेको पनि उनले बताए । 

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर १ का महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts