आजदेखि लकडाउनको स्वरुपमा परिवर्तन, यी काम गर्न पाइने



Download our app to get more features

काठमाडौं, २६ वैशाख । सरकारले पाँचौ पटक थप गरेको लकडाउन बिहीवार मध्यरातिबाट लागू भएको छ ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी वैशाख २५ सम्मका लागि घोषणा गरिएको लकडाउन पाँचौ पटक थप गर्दै सरकारले जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार यसपटकको लकडाउनको स्वरुप परिवर्तन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार देशभर एउटै स्वरुपमा लकडाउन हुने भएपनि विभिन्न क्षेत्रमा केही सहज हुने व्यवस्था गरिएको बताए । हाम्रो डक्टर न्यूजसँगको कुराकानीमा उनले उपत्यका भित्र आउने यात्रुवाहक सवारीसाधनमा पूर्ण रोक लगाउनुका साथै अन्य सवारीसाधनको निसंक्रमण गर्ने काम पश्चात मात्रै भित्र्याउने व्यवस्था गरिएको बताए ।

उनले भने, मन्त्रीपरिषको निर्णय अनुसार यसपटकको लकडाउनमा कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवा, विकास आयोजनाहरु, ढुवानी सेवा, बैंक तथा वित्तीय संस्था र उद्योगहरु सञ्चालन हुने छन् ।

यस्तो छ सरकारले गरेको मन्त्रीपरिषदका निर्णयः

Last modified on 2020-05-08 12:50:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts