आइसोलेसनमा मृत्यु भएकी ६० वर्षीया महिलामा कोरोना नभएको पुष्टि, शव आफन्तले बुझ्यो



Download our app to get more features

चितवन, २६ वैशाख । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी ६० वर्षीया महिलामा कोरोना नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनमा कोरोना नभएको पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । यस्तै ती महिलासँगै अन्य २४ जनाको पनि कोरोना परीक्षण गरिएको छ र उनीहरु सबैको रिपोर्टमा कोरोना नभएको पुष्टि भएको पौडेलले जानकारी दिए ।

रुपन्देहीको देवदह नगरपालिका–१२, खैरनीकी उमादेवी विकको उपचारको क्रममा मंगलबार राति ९ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको थियो । उनी सोहि दिन दिउँसो करिब ३ बजेतिर अस्पताल भर्ना भएकी थिइन् ।

उनमा ज्वरो, स्वासप्रश्वास र उच्च रक्तचाप लगाएतको स्वास्थ्य समस्या रहेको अस्पतालले जनाएको थियो । उनको मृत्यु भएसँगै कोरोना रिपोर्ट नआएसम्म शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि शव परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । कोरोना पुष्टि नभएपछि परिवारलेपनि शव बुझेका छन् ।

Last modified on 2020-05-08 12:26:37

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts