नेपालमा कोरोना भाइरस संक्रमित १०१ पुगे



Download our app to get more features

काठमाडौं, २५ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विहीबार राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला, काठमाडौंमा भएको नमूना परीक्षणमा कपिलवस्तुका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार कपिलवस्तु–८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सहित सबै १०१ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाइएको छ । 

Last modified on 2020-05-07 21:22:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts