स्वीटजरल्याण्डबाट नेपाल आइपुग्यो ३० हजार थान किट, भाेलि वितरण गरिने



Download our app to get more features

काठमाडौं, २५ वैशाख । नेपालमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि ३० हजार थान किट नेपाल आइपुगेको छ । 

स्वीटजरल्याण्ड सरकार विकास सहयोगमा पीसीआर टेस्ट किटसहित अन्य स्वास्थ्य सामग्री बिहीवार साँझ नेपाल आइपुगेको हो ।

स्वीटजरल्याण्ड सरकारको तर्फबाट नेपाल पुगेको स्वास्थ्य सामग्री बिहीवारै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले विमानस्थलमै पुगेर हस्तान्तरण गरेकी हुन् ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले केहीदिन देखि नेपालका विभिन्न स्थानमा रहेको प्रयोगशालामा रोकिएको पीसीआर परीक्षण सुचारु हुने बताए ।

हाम्रो डाक्टरन्यूजसँग कुराकानी गर्दै प्रवक्ता देवकोटाले बिहीवार सामग्री स्वास्थ्य सेवा विभाग पुर्याइएको र भोलीबाट प्रदेशमा हस्तान्तरण गरिने बताए । उनले हाललाई किट पर्याप्त भएको र आगामी दिनमा महिनामा कति परीक्षण गर्ने त्यसपछि कसरी जाने भन्ने विषयमा तयारी भइरहेको बताए ।

प्रवक्ता देवकोटाले भने, ‘पीसीआर परीक्षणको दायरा बढाउनका लागि हाललाई ३० हजार थान किट पर्याप्त भएपनि थप किटका लागि विभिन्न मुलुकसँग सम्झौता भइसकेको र आगामी दिनमा यसलाई तीव्रता दिने विषयमा मन्त्रालय तयारी अवस्थामा छ ।’

नेपालको केन्द्रबिन्दु बनेको बाँके, पर्सा र उदयपुरमा तत्काल २५ सय किट पठाइने भन्दै डा.देवकोटाले बाँकी किट आवश्यकता अनुसार वितरण गरिने बताए ।
 

Last modified on 2020-05-07 20:19:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts