कोरोनाको केन्द्रबिन्दु बनेको ३ स्थानमा २५ सयभन्दा बढी नमूना संकलनका लागि टोली परिचालन



Download our app to get more features

काठमाडौं, २५ वैशाख । पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेको ३ जिल्लामा नमूना संकलनका लागि टोली परिचालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा पर्सामा एक हजार, बाँकेमा एक हजार र उदयपुरमा ५ सयभन्दा बढी नमूना संकलनका लागि नेपाली सेना सहितको विशषेज्ञ टोली परिचालन गरिएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हालसम्म नेपालमा १४ हजार ५ सय ९ जनाको पीसीआर विधिबाट र ५४ हजार ९३ जनाको आरडिटी विधिबाट नमूना परीक्षण गरिएको बताए ।

उनले हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितको संख्या ९९ रहेको जसमा २२ जना स्वस्थ भइसकेको र बाँकीको स्वास्थ्य सामान्य रहेको जानकारी गराए ।

Last modified on 2020-05-07 16:32:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts