बजेट अधिवेशनमा सहभागी हुने सबैको कोरोना परीक्षण हुँदै



Download our app to get more features

काठमाडौं, २५ वैशाख । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना भाइरस संक्रमण भएनभएको पहिचान गर्न परीक्षण सुरु भएको छ । संघीय संसदको वर्षे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकाले सदस्यहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

राष्ट्रिय सभा सांसदहरुको परीक्षण विहीबार बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुनेछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरुको एकै दिनमा स्वाब संकलन गरिसक्ने संसद सचिवालयको लक्ष्य छ ।

सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलन गर्ने जनाइएको छ । यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts