सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक जनाको पनि भएन कोरोना परीक्षण



Download our app to get more features

धनगढी, २४ वैशाख । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परीक्षण भएको छैन । 

प्रदेशको राजधानी धनगढीमा स्थापना गरिएको आरटिपीसीआर मेसिनमार्फत् गरिने कोरोना परीक्षण पछिल्लो २४ घन्टामा एउटापनि गरिएको छैन । चार घण्टामा ९६ जनाको परीक्षण गर्न सक्ने क्षमता सहितको मेसिन भएपनि अहिलेसम्म क्षमता अनुसार परीक्षण हुन सकेको छैन् । यस्तै बुधवार थप परीक्षणका लागि तीन जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ भने अझै ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
 
यस्तै पछिल्लो २४ घण्टामा ७१ जनाको ¥यापिड टेस्ट भने गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार बुधवार गरिएको ¥यापिड टेस्टमा कसैमा पनि एन्टिबडी देखाएको छैन् ।
 
यस्तै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चार जना संक्रमित सहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेशनमा राखिएका एक सय २४ जनालाई डिस्चार्ज गरिएको छ । 

नौ जिल्ला रहेको प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिले सम्म एक सय २४ जनालाई डिस्चार्ज गरिएको हो । शंकास्पदलाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने संक्रमितलाई दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । 

यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय अहिले प्रदेशभरीका क्वारेन्टाईनमा तीन हजार दुई सय ३२ जना राखिएको जनाएको छ । दुई हजार नौ सय ६३ पुरुष र दुई सय ६९ जना महिलालाई क्वारेन्टाइनमा राखिएको हो । प्रदेशभरी स्थानीय र प्रदेश सरकार तथा नेपाली सेनाले नौँ हजार एक सय ४२ जना अटाउने तीन सय ८१ वटा क्वारेन्टाईन स्थापना गरेका छन् ।

Last modified on 2020-05-06 20:23:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts