५ जेठसम्म लम्बियो लकडाउन



Download our app to get more features

काठमाडौं, २४ वैशाख । मन्त्रीपरिषद् बैठकले ५ जेठसम्म लकडाउन लम्बाउने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारले कोरोना भाइरस नियन्त्रणमा चाल्दै आएको कदम सकारात्मक भएको र लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
यस्तै बैठकले  (२५ वैशाख) बुद्ध जयन्तीका अवसरका देशभर शान्तिको कामना गर्दै दीप प्रज्जोलन गर्ने निर्णय पनि गरेको छ । 

सरकारले यसअघि २५ वैशाख राती १२ बजेसम्मका लागि देशभर लकडाउनको घोषणा गरेको थियो । 

Last modified on 2020-05-06 14:10:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts