चितवनमा आइसोलेसनमा उपचाररत ६० वर्षीया महिलाको मृत्यु

चितवन, २४ वैशाख । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आइसोलेसनमा उपचाररत ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका–१२, खैरनीकी उमादेवी विकको उपचारको क्रममा मंगलबार राति ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले हाम्रो डक्टर न्युजलाई जानकारी दिएको छ ।
उनी मंगलवार नै दिउँसो करिब ३ बजेतिर अस्पताल भर्ना भएकी अस्पतालले जनाएको छ ।
उनमा ज्वरो, स्वासप्रश्वास र उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालले जनाएको छ ।
उनको मृत्यु भएसँगै शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ भने उनको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको छ ।
महिलाको मृत्युबारे अस्पतालको आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
Last modified on 2020-05-06 06:57:54
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।