कोरोना संक्रमित ६६ जनाको स्वास्थ्य सामान्य, १ सय २० जना आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २३ वैशाख । नेपालमा हालसम्म कोरोना संक्रमित भएका ६६ जनाको स्वास्थ्य सामान्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा नेपालमा हालसम्म ८२ जनामा कोरोना पुष्टि भएकोमा उपचाररत ६६ जनाको स्वास्थ्य सामान्य रहेको प्रवक्ता डा.विकास देवकोटाले बताए ।

नेपालमा कोरोना पुष्टि भएकामध्ये १६ जना स्वस्थ भइसकेको भन्दै डा.देवकोटाले हाल नेपालका विभिन्न स्थानमा गरि १ स २० जना आइसोलेसनमा उपचार गराइरहेको बताए ।

यस्तै सरकारले बनाएको बेवसाइट र मोबाइल एपमा आफ्नो नामसहित दर्ता गराएका ३२ हजार ८ सय ५६ जनामध्ये ३ सय ३० जना कोरोनाको सम्भावित जोखिमको क्षेत्र अर्थात् रेड जोनमा रहेको उनले जानकारी गराए । सम्भावित सबैको खोजी कार्य भइरहेको पनि उनले बताए ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ भने आरडीटि विधिबाट ५२ अजार २ सय २७ जनाको नमूना परीक्षण गरिएको छ । नेपालभर अहिले २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2020-05-05 16:39:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts