वैज्ञानिकले पत्ता लगाए कोरोनालाई शरीरमा फैलिनबाट रोक्न सक्ने 'एन्टीबडी'

काठमाडौं, २३ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड–१९ को औषधि वा खोपलाई लिएर विश्वभरका वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । हालसम्मको तथ्यांक अनुसार कोविड–१९ का कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३६ लाखभन्दा बढी संक्रमित भएका छन् । निकै नै खतरनाक तरिकाले फैलिँदै गएको कोविड–१९ ले पछिल्लो समय आफ्नो स्वरुप परिवर्तन गर्न थालेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । वैज्ञानिकहरुको यिनै चिन्ताकाबीचन युरोपका केही वैज्ञानिकहरुले भने कोरोना भाइरसलाई शरीरमा फैलिनबाट रोक्न सक्ने एन्टीबडी पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुका अनुसार एन्टीबडीको पत्ता लाग्नासाथ अब कोरोनाको उपचारका लागि चाहिने औषधि र खोप विकास गर्नमा मद्दत पुग्नेछ । पत्ता लागेको एन्टीबडी, कोरोना भाइरसमा टसेर त्यसको बाहिरी काँडादार भागलाई निस्क्रिय बनाइदिने काम गर्छ ।
पत्ता लागेको एन्टीबडीको नाम 47D11 राखिएको छ । एन्टीबडीको खोजले अब कोरोना भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट रोक्न मद्दत गर्नेछ ।
युरोपका वैज्ञानिकहरुले मुसामा पाइने ५१ सेल लाइन्स कोषहरुमा यो एन्टीबडी पत्ता लागेको हो । त्यसपछि यो एन्टीबडीलाई मानिसमा प्रयोग गर्न सकिने गरि जेनेटिकली तयार गरिएको छ । यो एन्टीबडीको परीक्षण २००३ मा फैलिएको सार्स कोरोना भाइरसमाथि पनि गरिएको थियो ।
२००३ मा सार्स कोरोना भाइरसलाई यो एन्टीबडीको प्रयोगबाट निस्क्रिय बनाइएको थियो । अब वैज्ञानिकहरुले दावी गरेका छन् की कोविड–१९ पनि सार्स कोरोना भाइरस कै प्रजातिको हो । त्यसकारण यो एन्टीबडीको प्रयोगले कोविड–१९ लाई कमजोर बनाएर त्यसलाई नष्ट गर्न सकिन्छ ।
नेदरल्याण्डको यूट्रेच यूनिभर्सिटीका प्राध्यापक बेरेन्ड जेन बशका अनुसार यो एन्टीबडीमा यस्तो क्षमता छ जसले कोविड–१९ लाई नस्ट गर्न सक्छ । किनकी यसले भाइरस त्यो भागमा आक्रमण गर्छ जसको उपयोग भाइरस कोषमाथि टाँसिनका लागि गरिरहेको छ ।
प्राध्यापक बशका अनुसार यस्ता एन्टीबडीले यदि मानवीय शरीरमा कोरोना भाइरस फैलिनबाट रोक्न नसकेपनि राम्रो यो छ की, यो एन्टीबडीले कोरोना भाइरसलाई मानवीय शरीरमा फैलिनका लागि धेरै समय लाग्न सक्छ । । अर्थात् कोविड–१९ भाइरस शरीरमा नै कमजोर हुन जान्छ । जसले मानिसलाई कुनै हानी हुँदैन ।
समाचार संस्था रोयटर्समा प्रकाशित खबरका अनुसार युरोपीय वैज्ञानिकहरुले सबैभन्दा पहिले प्रयोगशालामा मुसामा कोरोना भाइरले संक्रमण गराए । त्यसपछि उनहिरुले हेरे कि भाइरस जब मुसामा प्रवेश गर्छ उसमा ५१ प्रकारका एन्टीबडी उत्पादन हुन सुरु हुन्छ । जसमा 47D11 एन्टीबडी पनि थियो । जसले कोरोना भाइरसको बाहिरी भागलाई नस्ट गरिरहेको थियो ।
कोरोना भाइरसको आकार गोलाकार हुन्छ र त्यसको चारैतिर काँडादार भाग हुन्छ । जुन एस–२ नामको प्रोटिनले बनेको हुन्छ । यो काँडादार भागले नै मानवीय शरीरको कोषमा टँस्न जान्छ । त्यसपछि मानवीय शरीरको कोषको बाहिरी भागलाई गलाएर त्यसमा आफ्ना जिन छोड्ने काम गर्छ ।
कोषमा जिन छोडिसकेपछि भाइरसले कोषहरुलाई नस्ट गरेर आफ्ना संख्या बढाउन थाल्छ । त्यसैले वैज्ञानिकहरुले यस्तो एन्टीबडी पत्ता लगाएका छन् जसले कोरोना भाइरसको बाहिरी काँडादार भागमा टँसेर त्यसलाई नस्ट गरिदिन्छ ।
बेलायतको युनिभर्सिटी अफ रिडिंगका सेल्यूलर माइक्रोबायोलाजीका प्राध्यापक डा. सिमोन क्लार्कले भनेका छन्, ‘जब कोरोना भाइरसलाई मानवीय शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ तब मात्रै भाइरसको सारा काम रुकिन्छ । अर्थात् भाइरसले शरीरमा कुनैपनि किसिमको नोक्सानी गर्न सक्दैन ।’
प्राध्यापक डा. सिमोनका अनुसार एन्टीबडी, भाइरसको माथिल्लो भागमा आक्रमण गरेर त्यसमा टँसिन जान्छ । यसले भाइरस या त मर्छ या फेरि शरीरको कोषहरुलाई नस्ट गर्न असमर्थ हुन जान्छ । जसले मानिसलाई त्यति नोक्सान हुँदैन जति काँडादार भागले हुन्छ ।
उसो पत्ता लागेको यो एन्टीबडीको अहिले क्लिनिकल परीक्षण भने हुन बाँकी छ । क्लिनिकल परीक्षणपछि मात्रै यो विषयमा थप प्रष्ट हुन सक्ने पछि उनले बताएका छन् । साथै अहिलेसम्मको अनुसन्धानका अनुसार सकारात्मक नतिजा नै आएको डा.सिमोनको भनाइ छ ।