नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ वैशाख । नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार भेरी अस्पतालमा आज गरिएको परीषणमा ७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३०, ४० वर्षका पुरुषहरु छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिलाहरु छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
यसअघि नेपालगञ्जमा १६ जनामा कोरोना पुष्टि भएको थियो । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एरिया नै शिल गरिएको छ ।
Last modified on 2020-05-05 08:24:50