कोरोना संक्रमितको संख्या बढेसँगै मन्त्रीसहितको टोली नेपालगञ्जमा



Download our app to get more features

रुपन्देही, २२ वैशाख । कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश ५ का सामाजिक विकास मन्त्रीसहितको टोली नेपालगञ्ज पुगेको छ ।

सामाजीक विकासमन्त्री सुदर्शन बराल सहितको टोली संक्रमित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज पुगेको हो । एकैपटक १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि बाँकेको नेपालगञ्जमा प्रदेश सरकारले चासो बढाएको छ । सो जिल्लाका सबै क्षेत्रमा प्रशासनले कडाइ गरेको छ भने मन्त्रीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । 

नेपालगञ्जमा कोरोना परीक्षण दर बढाउन सरकारले थप पहल सुरु गरेको भन्दै मन्त्री बरारले भने, “अहिले अभाव भइरहेको आवश्यक पर्ने किट र चिकित्सकका सुरक्षाका सामग्रीको कुनैपनि अभाव हुन दिन्नौ, सरकारको ध्यान पुरै कोरोना विरुद्धमा छ ।” उनले थपे, “सबै घरमा बसौं, नआत्तिऔं परिस्थित प्रतिकुल छ सबैले बुझौं” ।

पहिलो दिनमा संक्रमित भेटिएसँगै स्थानीय क्षेत्र शिल गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कोरोनाका बिरामी बढेसँगै सबै क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्लाका सीमा नाकाहरु अत्यन्तै कडाइ र आवतजावतमा विशेष निगरानी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

१५ जना थपिएसँगै उनीहरू सबैको सम्पर्कमा आएका सबैको खोजी भइरहेको उनको भनाइ छ । पीसीआरबाट जाँच गर्दा बिरामीहरू धमाधम भेटिएको भन्दै परिक्षणको दर अझै बढाउनुपर्ने सर्वसाधारणको भनाइ छ ।

प्रहरी, जिल्ला प्रशासन र प्रदेश सरकारसँग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको मेयर धवलसमशेर राणाले बताए । नेपालगञ्जमा भेटिएका सबै संक्रमित एउटै टोलका बासिन्दा हुन् । संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराना क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा विकास गरेको छ । 

आइतवार संकलन गरिएका स्वाबमध्ये अझै ३० जनाको रिपोर्ट आउन बाँकी छ । उता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि किट लगायतका उपकरण अभाव नहुने बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts