कर्णाली प्रदेशमा छैनन् कोरोना संक्रमित, सबैभन्दा धेरै प्रदेश १ मा



Download our app to get more features

काठमाडौं, २२ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड-१९ का कारण नेपालमा हालसम्म ७५ जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा.विकास देवकोटाले कोरोना कारण सबैभन्दा बढी प्रदेश १ मा ३१ जना र शून्यमा कर्णाली प्रदेश रहेको बताए । 

यस्तै प्रदेश २ मा १३ जना, बागमति प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा १७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

नेपालमा देखिएको कोरोना संक्रमितमा सबैभन्दा बढी पुरुषहरु ५७ जना रहेका छन् भने १७ जना महिला रहेका छन् । 

Last modified on 2020-05-04 16:32:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts