कोरोनाविरूद्धको लडाईंमा अग्रस्थानमा काम गर्नेको मनोबल बढाऔँः मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, २२ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना विरुद्धको लडार्एंमा अग्रस्थानमा रहेर काम गर्नेहरुको मनोबल बढाउन सबैलाई अपिल गरेका छन् ।

आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले उलब्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले कोरोना विरुद्धको लाईंमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स र अन्य व्यक्तिहरुको मनोबल बढाउन सबैलाई आग्रह गरे ।

उनले अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको पनि उल्लेख गरे । 

मन्त्री ढकालले सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट रोक्न सहयोग पुग्ने भन्दै स्वास्थ्य सामग्री सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम  र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागि आभार प्रकट गरे ।

मन्त्री ढकालले  प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमा वितरण भइरहेको भन्दै कुन संस्थाले कति दिएको र कहाँ कहाँ वितरण गरियो भन्ने सबैले जानकारी लिन सक्ने बताए । 

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहितविभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिनलगायतका सामग्री उपलब्ध गराउँदै थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले बताइन् ।

Last modified on 2020-05-04 08:47:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts