‘महोत्तरीका ११ जनाको मृत्युको कारण विषाक्त रक्सी सेवन’



Download our app to get more features

महोत्तरी, २१ वैशाख । महोत्तरीमा केही दिनयता भइरहेको मृत्युको घटनामा कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । भंगहा नगरपालिकामा १० दिनयता ११ जनाको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । आज आएको परीक्षणमा कोरोनाको कुनै पनि संकेत देखिएको छैन । 

लगातार मानिसहरुको मृत्यु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनास्थलमा टोली परिचालन गरेको थियो । टोलीमा स्वास्थ्य सेवा विभागको तर्फबाट डा. अमृत पोखरेल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सुदिपा खड्कासहित सहभागी थिए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका वरिष्ठ स्वास्थ्य निरीक्षक डा. अमृत पोखरेलका अनुसार नमूना परीक्षण पछिको रिर्पोटले उनीहरुमा कोरोना संक्रमणको कुनै संकेत समेत गर्दैन । 
बिरामी परेका गाउँका केही मानिससँगको कुराकानीमा उनीहरुले सेवन गरेको रक्सी अन्न भन्दा फरक स्वादको भएको बताएका थिए । सोही आधारमा रोगले भन्दा पनि विषालु रक्सी सेवनका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts